रुसले सैन्य तालिम शिविरमा क्षेप्यास्त्र हमला गर्दा ३५ जनाको मृत्यु, १३४ जना घाइते

`

     २०७८ फाल्गुन २९ गते ११:५६

काठमाडौँ, फागुन २९ । युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा आइतबार बिहान रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ, भने १३४ जना घाइते भएको छ ।

रुसले आज बिहान लडाकु विमानमार्फत् याभोरिभस्थित एक सैन्य अड्डामा ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो ।

रुसी सेनाले पश्चिमी मुलुकले दिँदै आएका हतियार राख्न थालिएको र युद्धग्रस्त अन्य क्षेत्रबाट भागेर आउने मानिसको आश्रय स्थल बनेको लभिभलाई पहिलो पटक आफ्नो निशाना बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?