प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेस

`

     २०७८ फाल्गुन २९ गते ८:५०

काठमाडौँ, २९ फाल्गुन । संघीय संसदको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पेश गरिएको छ ।

आइतबारको बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाभियोग प्रस्ताव पेश गरेका हुन् ।

महाभियोग प्रस्तावमा प्रधान न्यायाधीश जबराले संविधान र पदीय आचरणविपरीत कार्य गरेको, कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेको उल्लेख छ ।

गत फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले संसद्मा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?