काठमाडौँ, फाल्गन २७ । अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
अभिनेता शाहका म्यानेजर जोशीलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
शाहविरुद्ध नाबालिकलाई करणी गरेको आरोपमा तनहुँ र नवलपरासी प्रहरीमा उजुरी परेको छ ।
हाल प्रहरीको अनुसन्धानकै क्रममा रहेको पल शाहको यो प्रकरणमा उनका म्यानेजर जोशीलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।




