काठमाडौँ, २७ फाल्गुन । शुक्रबार पोखरामा एप्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले जनादेशको आदेश पालना गर्ने कि परमादेशको पालना गर्ने भन्दै सर्वोच्चमा गोरु ब्याएको टिप्पणी गरेका हुन् ।
आफू प्रधानमन्त्री रहँदा संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्दा सर्वोच्चले त्यसलाई उल्ट्याइदिएर परमादेशमा देउवा सरकारको बाटो खुलाइदिएको प्रसंगलाई संकेत गर्दै ओलीले यस्तो टिप्पणी गरे ।
ओलीले सर्वोच्चमा ब्याएको गोरुले पाँचवटा बाच्छा पनि पाएको टिप्पणी गरे ।




