उनले मानवजातिको विकास हुँदादेखि नै सञ्चार रहेको बताउँदै सञ्चारको रुप विकास हुँदै आधुनिकताको अहिलेको अवस्थामा आइपुगेको बताए । उनले सञ्चारमाध्यम सत्य र न्यायको पक्षमा हुनुपर्नेमा पनि जोड दिए ।

" /> स्वतन्त्रताको नाममा हामी बढी अनियन्त्रित र छाडा भएका छौँ: ओली - Sarbocha Media

स्वतन्त्रताको नाममा हामी बढी अनियन्त्रित र छाडा भएका छौँ: ओली

`

     २०७८ फाल्गुन २७ गते ८:३०

काठमाडौँ, २७ फाल्गुन । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा बढी अनियन्त्रित र छाडापन मौलाएको बताएका छन् ।

सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन देखिएको उनको भनाइ थियो । ‘हामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ। आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ’, उनले भने ।

ओलीले नेपालमा शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको उल्लेख गर्दै देशमा प्रेस र प्रेस स्वतन्त्रताको इतिहास लामो नरहेको बताए । उनले राणाकाल र राजाको शासन हुँदासम्म प्रेस स्वतन्त्रता नफक्रिएको बताए । उनले २०४६ पछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग गर्न पाइएको उल्लेख पनि गरे ।

उनले मानवजातिको विकास हुँदादेखि नै सञ्चार रहेको बताउँदै सञ्चारको रुप विकास हुँदै आधुनिकताको अहिलेको अवस्थामा आइपुगेको बताए । उनले सञ्चारमाध्यम सत्य र न्यायको पक्षमा हुनुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?