काठमाडौँ, फागुन २६ । ट्रक व्यवसायीले तत्काल इन्धनको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन् ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै मूल्य वृद्धिले नेपाल ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा पारेको बताएका छन् ।
मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ ।




