काठमाडौँ, २६ फाल्गुन । दक्षिण कोरियाका आगामी कार्यकालको लागि राष्ट्रपतिमा यूङ सुक योल निर्वाचित भएका छन् । उनी विपक्षी पार्टीका उम्मेदवारबाट उठेको थियो ।
बिहीबार बिहान सार्वजनिक भएको मतपरिणमअनुसार सत्तारुढ पार्टीका ली जाइ म्युङ पराजित भएका हुन् । आगामी राष्ट्रपतिको लागि भएको निर्वाचनमा जित हात पारेसँगै यूङ सुक योलले यो जित दक्षिण कोरियाका महान जनताहरुको रहेको बताए ।
बुधबार भएको निर्वाचनमा अहिलेसम्मकै धेरै मानिसले मतदान गरेका थिए ।




