सुनको मूल्यमा भारी गिरावट

`

     २०७८ फाल्गुन २६ गते ५:१५

काठमाडौँ, फागुन २६ । विहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३५ सयले घटेर तोलाको १ लाख २ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको १ लाख एक हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैंयाँले घटेर तोलाको १४०५ मा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?