सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा गिरावट

`

     २०७८ फाल्गुन २४ गते ५:१८

काठमाडौँ, २४ फल्गुन । आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहदा चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ३ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको एक लाख ३ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैंयाँले घटेर तोलाको १४१० मा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?