छिमेकी राष्ट्रहरूले सम्बन्ध बिगार्ने कदम नचाल्न पुटिनको आग्रह

`

     २०७८ फाल्गुन २० गते १:३५

काठमाडौँ, फाल्गुण २० । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमाथि थप प्रतिबन्ध लगाएर स्थितिलाई नराम्रो बनाउन नहुने बताएका छन् ।

रुसको एक सरकारी बैठकलाई सम्बोधन गर्दै गर्दा पुटिनले यस्तो टिप्पणी गरेका हुन् । सो बैठक सरकारी समाचार च्यानल रोजिया-२४ मा प्रशारण गरिएको थियो ।

यस क्रममा पुटिनले छिमेकीहरूविरुद्ध आफ्नो कुनै खराब नियत नभएको बताएका थिए ।

उनले छिमेकी राष्ट्रहरूले हाम्रो सम्बन्धलाई थप बिगार्न सक्ने कुनै पनि कदम चाल्न नहुने रुसी सरकारको विश्वास रहेको बताए ।

पुटिनले भने ‘ मलाई लाग्छ कि सबैले सम्बन्ध कसरी सामान्य बनाइन्छ, सामान्य रूपमा, एकअर्कालाई सहयोग गर्ने र सम्बन्ध सुधार गर्ने बारे सोच्नु पर्छ ।’

पुटिनको भनाइ यस्तो बेला आएको हो जब पश्चिमी देशका विदेशमन्त्रीहरू रुसमाथि कसरी दबाब दिने भनेर ब्रसेल्समा भेला भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?