MCC पास गरेकोमा प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवाको गरे उच्च प्रशंसा,गठबन्धन चुनावसम्मै कायम रहने
काठमाडौं, फागुन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)पारित गर्न नेतृत्व गरेको भन्दै देउवाको उच्च प्रशंसा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र नेपालसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले समेत प्रधानमन्त्री देउवाको उच्च प्रशंसा गरेका थिए।
बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसिसी पारित भएकोमा विरोध गरेका थिए। उनीहरूले यसले नेपालको राष्ट्रियतामा असर पर्नसक्ने समेत चेतावनी दिएका थिए। एमसिसी पारित गर्ने क्रममा भएको व्याख्यात्मक घोषणाको अर्थ नहुने भन्दै उनीहरूले यसलाई अमेरिकाले समेत नस्वीकारेको बताएका थिए।
प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन चुनाव र त्यसपछि गठन हुने सरकारसम्मै कायम रहने बताएका छन्।




