एजेन्सी, १९ फाल्गुन । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् ।
“सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु। प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ,” खानले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यसै बीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्।




