काठमाडौँ, १८ फाल्गुण । नेपालमा थप १२७ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२१ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ७७० पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४१ पुगेको छ ।




