एनसेलले ल्यायो आज देखि लागु हुने ‘अल टाइम डेटा प्याक’

`

     २०७८ फाल्गुन १७ गते १२:१४

काठमाडौं, १७ फाल्गुन । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्ने भएका छन् । त्यस्तै ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र रु १४७ मा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउँने भएका छन् ।

यी प्याकहरु आज मंगलबार आज बाट सञ्चालनमा ल्याइएका हुन् ।

ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक सूचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।

यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?