रुसी हमला पछि ५ लाख सर्वसाधारणले युक्रेन छोडे, ४० लाख मानिसहरू युक्रेन छोड्ने प्रयासमा

`

     २०७८ फाल्गुन १७ गते ७:०७

एजेन्सि, १७ फाल्गुण । युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि ५ लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् भने ४० लाख मानिसहरु देश छोड्ने प्रयासमा रहेको युरोपेली युनियनले अनुमान गरेको छ ।

शरणार्थीसम्बन्धी नीतिलाई लचिलो बनाउदै इयूले आफ्ना सदस्य राष्ट्रहरुले युक्रेनी शरणार्थीहरुलाई खुला हातहरुले स्वागत गर्ने जनाएको छ ।

युद्धका कारण विस्थापित बनेका युक्रेनी शरणार्थीहरु पश्चिमका विभिन्न देशहरु जस्तैः पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हन्गेरी मोल्डोभा पुगेका छन् । राष्ट्रसंघका अनुसार पोल्यान्डले अहिलेसम्म २ लाख ८० हजार शरणार्थी लिएको छ ।

पोल्याण्डले घाइते युक्रेनीहरूलाई ढुवानी गर्न मेडिकल ट्रेन पनि तयार गरिरहेको छ र उनीहरुको उपचारका लागि १ हजार २३० अस्पतालको सूची तयार पारेको छ ।

विशेषगरी सन् २०१४ मा रुसले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो देशमा बिलय गराएपछि पोल्यान्ड पुग्ने युक्रेनीको संख्या बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?