एमसीसीलाई संसद्‍मा पेस गर्नु नै देशको अपमान हो: भीम रावल

`

     २०७८ फाल्गुन १५ गते ९:५७

काठमाडौँ, फाल्गुन १५ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्नेले यसलाई पास गर्न नहुने बताएको छ । आइतबार संसद्‍ बैठकमा नेता रावलले यस्तो बताएका हुन् ।

‘एमसीसीलाई संसद्‍मा पेस गर्नु नै देशको अपमान हो । देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन्’ नेता रावलले भने ।

एमसीसी लागू भएमा नेपालले अमेरिकी कानुन मान्नुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्ने उनको तर्क थियो ।

नेता रावलले एमसीसीमा रहेका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै आएका छन् । त्यसले नेपालको स्वाधिनता हनन् गर्दै नेपाललाई उपनिवेशको बाटोमा धकेलेको उनको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?