सुनको मूल्यमा भारी गिरावट

`

     २०७८ फाल्गुन १५ गते ७:१२

काठमाडौँ, फागुन १५ । सुनको मूल्यमा १४ सय रुपैयाँको गिरावट आएको छ ।

गत बुधबार छापावाल सुनको मूल्य यो वर्षकै उच्च प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ६ रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार एक सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदी मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?