सरकारबाट माओवादी आउट,कांग्रेस र एमालेको सरकार बन्ने

`

     २०७८ फाल्गुन १३ गते २:१७

काठमांडौ, फागुन १३ । सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन्। सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निर्णयमा पुगेका हुन्। कांग्रेस सहितको गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी विवाद कै कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन् । प्रधानमन्त्री देउवा कै जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। तर सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन्।

अब केही दिन भित्रै सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्ने तयारी यी दुई दलको रहेको छ। साथै अब माओवादी,एकीकृत समाजवादी सत्ताबाट बाहिरिए लगत्तै कांग्रेस,एमाले सहितको गठबन्धन सरकार बन्ने लगभग निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?