एमसीसीको विरोधमा चितवनको जिल्ला प्रशासन कार्यालय घेराउ, एमसीसीको विरोध गर्न फागुन १५ गते काठमाडौँ आउँदै
काठमाडौँ, १२ फाल्गुन । एमसीसीको विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरिएको छ ।
एमसीसी खारेजी संयुक्त संघर्ष समिति चितवनको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । चौबीसकोठीबाट सुरु भएको विरोध प्रदर्शनको ¥याली अस्पताल रोड, मालपोत चोक, बाइपास रोड हुँदै जिल्ला प्रशासन कार्यालय (सीडीओ) कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
विद्यार्थीहरुले नो एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी खारेज गर, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, गो ब्याक अमेरिका लगायतका नारा लगाएका थिए ।
एमसीसी खारेजी संयुक्त संघर्ष समिति चितवनका सचिव अजिव पौडेलले एमसीसीको विरोध गर्न फागुन १५ गते चितवनबाट ५ हजारको संख्यामा काठमाडौं जाने बताए । कोणसभालाई सम्बोधन गर्दै एमसीसीको पक्षमा भोट गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउनेसमेत बताएका छन् ।
यस्तै उता माओवादी केन्द्रका कार्यकर्ताहरुले चौबीसकोठीमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ ।




