युक्रेनमा तनाव बढेसँगै सङ्कटकालको घोषणा

`

     २०७८ फाल्गुन १२ गते ६:३४

एजेन्सी, १२ फाल्गुन । युक्रेनमा सरकारले बिहीबार संकटकालको घोषणा गरेको छ ।

युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी ३० दिनका लागि देशभर संकटकालको घोषणा गरेको हो ।

बुधबारको संसद बैठकले संसदमा कायम रहेका ४५० जना सांसदहरुमध्ये ३३५ जनाले सरकारले ल्याएको संकटकालको पक्षमा मतदान गरेका थिए ।

पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गर्नु भएको छ ।

पछिल्लो समयमा युक्रेनमा तनाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?