सुनको मूल्यमा गिरावट

`

     २०७८ फाल्गुन ११ गते ५:२७

काठमाडौँ, ११ फाल्गुण । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । तोलामा ५०० रुपैयाँले घट्न पुगेको छ । छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले घट्दै ९६ हजार ५०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा थप ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?