धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको र अव त्यस्तो नहुने मन्त्री आलेको ठहर

`

     २०७८ फाल्गुन १० गते ९:४१

काठमाडौँ, १० फाल्गुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने बताएका छन् ।

महाशिवरात्री पर्वको लागी आयोजना गरेको पत्रकार सम्मेलनमा अदालतले समेत बाटो खोलिदिएकाले अब छिटै धर्मशाला फिर्ता हुने बताएका हुन् ।

मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अव त्यस्तो काम हुन नदिने स्पष्ट पारे ।

उनले यस बर्षको महाशिवरात्रीलाई भव्य र सव्य बनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिए ।

महाशिवरात्रीमा गाँजालगायतका लागूपदार्थलाई विशेष कडाइ गरिने र सोही दिन विद्युतीय शव दाह, किरियापुत्री क्षेत्र सञ्चालनमा भने कुनै वाधा नपुग्ने कोषले जनाएको छ ।

महाशिवरात्री पर्वलाई सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको पनि कोषले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?