काठमाडौँ, १० फाल्गुन । आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर तोलाको ९७ हजारमा कारोबार भैरहेको छ ।
यसअघि सोमबार सुन तोलाको ९६ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी तोलामा १५ रुपैंयाँले बढेर तोलाको १३१५ मा कारोबार भएको महासंघले जनाएको छ ।




