बानेश्वरबाट चिनियाँसहित ३७ जनालाई जुवाको धन्धा चलाएको आरोपमा पक्राउ

`

     २०७८ फाल्गुन १० गते ५:३१

काठमाडौँ, फाल्गुन १० । चिनियाँ नागरिकसहित ३७ जना व्यक्तिहरू नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । उनिहरुले टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा सोमबार राति पक्राउ परेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?