एजेन्सी, ९ फाल्गुण । एक इरानी सैन्य जेट लडाकु विमान दुर्घटना भएको छ ।
सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटना हुँदा चालक दलका २ सदस्यसहित ३ जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।
स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ ।
यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ ।




