काठमाडौँ, ८ फाल्गुण । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी टेबल भएको र अब प्रक्रिया पूरा गरेर पास हुने बताएको छन् ।
उनले थप छन्, ‘अब यो प्रक्रिया अगाडि बढ्छ । यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन ।’
त्यस्तै उनले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गरेर पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न आग्रह गर्दै भने, ‘सरकारमा पनि बस्ने, अनि सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने । यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ । आधाले विपक्षमा लागे जस्तो गर्ने आधाले पक्षमा लागे जस्तो गर्ने यस्तो बन्द गर्नुपर्छ ।’
त्यस्तै उनले एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।




