कार्य व्यवस्था समिति बैठकको एमसीसी संसद्मा टेबल गर्ने निर्णय

`

     २०७८ फाल्गुन ०८ गते ७:५६

काठमाडौँ, ८ फाल्गुण । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद्मा एमसीसी प्रस्तुत गर्ने काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

अर्थमन्त्री जनार्दन शर्माको अनुपस्थितमा आज सञ्चारमन्त्रीले एमसीसी टेबल गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?