काठमाडौँ, ८ फाल्गुण । आज नेपाली बजारमा सुनको मुल्य वृद्धि हुँदा चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ सयले बढेर तोलाको ९६ हजार ६ सयमा कारोबार भैरहेको छ । यसअघि ९ शुक्रबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलाको ९६ हजार एक सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १३०५ ले कारोबार भएको महासंघले जनाएको छ ।




