एजेन्सि, ६ फाल्गुण । भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।
१४ वर्ष अघि अहमदाबादमा भएको श्रृंखलावद्ध बम विस्फोटका दोषी ४९ जनामध्ये ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो ।
सन् २००८ मा अहमदाबादमा श्रृखंलाबद्ध विस्फोट भएको थियो । जसमा ५६ जनाको मृत्यु भएको थियो भने करिब २ सय जना घाइते भएका थिए ।
सन् २००८ को जुलाई २६ मा गुजरातको अहमदावाद शहरमा ७० मिनेटको अन्तरमा एकपछि अर्को गर्दै २१ पटक बम विस्फोट भएको थियो । उक्त सिलसिलाबद्ध बम विस्फोटको जिम्मा इन्डियन मुजाहिद्दीन र हरकत–उल–जिहाद–अल–इस्लामी नामका चरमपन्थी संगठनले लिएको थियो ।




