काठमाडौँ, ६ फाल्गुण । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले चालु आर्थिक वर्षको आठौं महिनामा बजेट पुनरावलोकन थालेको छ । नयाँ योजनाको काममा बजेट खर्च गर्न रोक लगाएकाले चालु आर्थिक वर्षमा बजेट खर्च अपेक्षित हुन सकेको छैन ।
चालु आर्थिक वर्षको लागि प्रदेश सरकाले ल्याएको कूल ३२ अर्ब ८२ करोड ३३ लाख ८७ हजार बजेटमध्ये ७ महिनामा ३२.६५ प्रतिशत अर्थात् १० अर्ब ७१ करोड ७० लाख २९ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । पुँजीगततर्फको १५ अर्ब २३ करोड ४५ लाख ६६ हजारमध्ये २७.६७ प्रतिशत अर्थात् ४ अर्ब २१ करोड ६० लाख र चालुतर्फ १७ अर्ब ५५ करोड ८८ लाख २१ हजारमध्ये ३७ प्रतिशत अर्थात् ६ अर्ब ५० करोड १० लाख २९ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय जनाएको छ ।
प्रदेश सरकार मातहतका मन्त्रालयमध्ये सबभन्दा कम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १२.४१ र सबभन्दा बढी आर्थिक मामिला तथा योजना मन्त्रालयले ८५.७९ प्रतिशत बजेट खर्च गरेको हो । यस्तै, सबभन्दा बढी बजेट भएको १२ अर्ब ९१ करोड ५५ लाख ८ हजार बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ३०.५८ प्रतिशत आर्थत् ३ अर्ब ९४ करोड ९० लाख ९५ हजार मात्रै बजेट खर्च गर्न सकेको छ ।
यस्तै, सामाजिक विकास मन्त्रालयले ३२.९९, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २३.६८, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७.७३, आन्तरिक मामिला तथा कानुन न्त्रालयले १२.४१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश व्यवस्थापिकाले ४७.८४, प्रदेश लोक सेवा आयोगले ३०.१९, मुख्य न्यायाधिवक्ताको कार्यालयले ३७.६५ र प्रदेश योजना आयोगले २१.५६ प्रतिशत बजेट खर्च गरेको छ ।
(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ मा मुख्यमन्त्रीको कार्यभार सम्हालेका राईले अघिल्लो एमाले सरकारले ल्याएको बजेट पुनराबलोकन गर्ने घोषणा गरे पनि हालसम्म हुन सकेको छैन । मुख्यमन्त्री राई नेतृत्वको सरकारले बहुवर्षीय, चालु योजना र नियमित काम बाहेकको शीर्षकको बजेट खर्चमा रोक लगाएको छ । बजेट खर्चमा रोक लगाएकाले आर्थिक वर्षको सातौं महिना बितिसक्दा पनि बजेट खर्च प्रभावकारी हुन नसकेको कर्मचारीहरूको गुनासो छ ।




