नेपालमा  थप ५७० सङ्क्रमित, ६ जनाको मृत्यु

`

     २०७८ फाल्गुन ०५ गते १०:४३
काठमाडौँ, ५ फाल्गुण । नेपालमा थप ५७० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३६४ र एन्टीजेन परीक्षणबाट २०६ गरी कुल ५७० जना सङ्क्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना सङ्क्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ पुगेका छन् ।
थप ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?