काठमाडौँ, ५ फाल्गुण । युक्रेन र रुसबीच बढ्दै गएको तनाबलाइ कम गर्न नेपालमा धर्ना दिइएको छ ।
मानवअधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्र संघको ललितपुरस्थित कार्यालयअगाडि धर्ना दिएको हो । युद्ध निषेध- शान्ति विशेष भन्ने आव्हानसहित समाजले धर्ना दिएको छ ।
समाजका महासचिव रामकृष्ण बरालले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशलाई रुस र युक्रेनबीच हुने कुनै पनि युद्धलाई खारेज गर्न आग्रह गर्दै पत्र समेत लेखेका छन् ।
पछिल्ला दिन ती दुई देशबीच तनाव बढ्दै गएको छ ।




