सत्ता गठबन्धनको बैठक बस्नु अघि मन्त्रिपरिषद् बैठक बस्ने

`

     २०७८ फाल्गुन ०५ गते ६:५१

काठमाडौँ, ५ फाल्गुण । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

एमसीसीको विषयमा छलफल गर्न आज पाँच बजे सत्ता गठबन्धनको बैठक बस्नु अघी मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?