काठमाडौँ, ५ फाल्गुण । सुनको मुल्य आज एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा १ हजारले बढेर ९६ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी,बिहीबार तेजावी सुनको मुल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।




