एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन, आफ्नो अडानमा उभिएर जानुपर्छ: देउवा

`

     २०७८ फाल्गुन ०५ गते ५:३२

काठमाडौँ, ५ फाल्गुण । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका हुन् ।

‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?