एमसिसी बुधवार नै संसदमा पेस हुने

`

     २०७८ फाल्गुन ०३ गते ८:४७

काठमाडौँ, ३ फाल्गुण । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश हुने विश्वास व्यक्त गरेका छन् ।

आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति एवं प्रधानमन्त्री देउवाले सभामुख सापकोटासँग यस विषयमा परामर्श भइसकेकोले भोलि नै संसदमा पेश हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

कांग्रेस महामन्त्री गगन थापाले सो कुराको जानकारी दिँदै आजको बैठकले एमसिसी पेश गर्ने र पारित गर्नका लागि पक्षमा मतदान गर्ने पार्टीको निर्णय रहेको बताए । साथै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत एमसीसीमा साथ दिने र सत्तारुढ माओवादी केन्द्र समेत यसको पक्षमा उभिने विश्वास आजको बैठकमा व्यक्त भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?