सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने

`

     २०७८ फाल्गुन ०२ गते ५:४०

काठमाडौँ, २ फाल्गुन । सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ ।

सोमबार दिउँसो २ बजे बोलाएको बैठकमा एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा नजाने भएको हो ।

प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाअभियोगलाई उनले सरकारको एकलौटी निर्णय भन्दै त्यसबारे छलफल गर्न एमाले जान नसक्ने बताएका थिए । सोमबार नै एमाले संसदीय दलको बैठक बानेश्वरमा बस्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?