काठमाडौँ, २ माघ । अइतबार सुनको मूल्य अत्याधिक बढे पनि सोमबार सुनको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ९५ हजार पाँच सय रुपैँया कायम भएको छ ।
आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो ।
यसैगरी,सोमबार तेजावी सुनको मुल्य तोलाको ९५ हजार निर्धारण भएको छ ।
आइतबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




