नेपालमा थप ५२१ सङ्क्रमित, १० जनाको मृत्यु

`

     २०७८ फाल्गुन ०१ गते ११:०२

काठमाडौँ, १ फाल्गुण । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ५२१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९३५ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार ५८४ पुगेका छन् ।

पछिल्लो कोरोनाबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?