काठमाडौँ, फल्गुण । विश्व रेडियो दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
सन् २०१२ देखि हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा रेडियो दिवस मनाउने गरिएको छ ।
१०४ वर्षीय निरंकुश जहानियाँ राणाशासन अन्त्यका लागि नेपाली कांग्रेसले २००३ सालमा रेडियो प्रसारण सुरु गरेको पाइन्छ ।
नेपालमा २८ मंसिर २००७ देखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । अहिले एफएम रेडियो सयौँको संख्यामा सञ्चालित छन् ।




