काँग्रेसको एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड

`

     २०७८ माघ २७ गते ११:२३

काठमाडौँ, २७ माघ । नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहयोग एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ ।

बिहीबार र पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला लगायतले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको भन्दै एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठक जारी रहेकै बेला बाहिरिएका नेता शशांक कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको बताए ।

बैठकमा एमसीसीबारे लामो ब्रिफिङ गर्दै यो राम्रो ग्रान्ट भएकाले यसलाई लिनुपर्ने धारणा राखेका थिए । त्यस्तै बैठकमा स्थानीय चुनावमा गठबन्धन बनाउने कि नबनाउने बारे समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?