काव्या अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु

`

     २०७८ माघ २६ गते ९:४७

काठमाडौँ, २६ माघ । बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारजनको आरोप छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ स्थित किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुनको प्रसूति अप्रेसन गर्ने क्रममा जुम्ल्याहा नवजात शिशुसहित आमाको पनि मृत्यू भएको हो ।

सोमबार राति खातुनलाई काव्या अस्पतालमा लगिएको थियो । खातुनको डाक्टरत्रय मुकेश गामी, सोनिया सिंह र विनय महासेठले अप्रेसन गरेको काव्य अस्पतालले जनाएको छ ।

अप्रेसनबाट खातुनले जन्म दिएकी शिशुमध्ये एकको मृत्यु भइसकेको थियो भने अर्को शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । तर सो शिशुको पनि केही घण्टामै मृत्यु भएको थियो ।

जुम्ल्याहा नवजात शिशुको मृत्यूपछि आमाको पनि उपचारकै क्रममा बुधबार बिहान अन्दाजी ८ बजे मृत्यु भएको मृतकका श्रीमान यैजुबले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?