सुनचाँदीको मूल्यमा वृद्धि

`

     २०७८ माघ २५ गते ५:५७

काठमाडौँ, २५ माघ । आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार १०० थियो ।

यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु १२६० कायम रहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?