काठमाडौँ, २४ माघ । नेपालमा थप १५७० जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६१४६ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ ।




