रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित, २४ घण्टामा नै ६६१ को मृत्यु

`

     २०७८ माघ २४ गते ७:१२

एजेन्सी, २४ माघ । रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार १ लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् ।

ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ ।

त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ६६१ ज्ना संक्रमितको निधन भएको छ ।

यो समेतगरी यहाँ अहिलेसम्म ३ लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?