क्यानडाको राजधानीमा सङ्कटकाल घोषणा

`

     २०७८ माघ २४ गते ५:५४

एजेन्सी, २४ माघ । क्यानडामा कोरोना खोपको विरोधमा ट्रक चालकहरूले गरेको आन्दोलन चर्किएपछि राजधानी ओटावाका सहरका मेयरले संकटकाल घोषणा गरेको छ ।

मेयर जीम वाट्सनले ‘सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको’ बताएका छन् । त्यहाँ एक साताभन्दा बढी समयदेखि ट्रक चालकहरुको प्रदर्शन एक हप्तादेखि जारी छ ।

‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शन त्यहाँको सरकारले ट्रक ड्राइभरहरूलाई कोरोना खोप अनिवार्य गर्ने नियम लगाएपछि सुरु भएको थियो ।

बिबिसीका अनुसार ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन् । मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन् ।

हाल क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?