युक्रेनमाथि आक्रमण गर्न ७० प्रतिशत सैन्य शक्ति रुसले जम्मा गरेको अमेरिकी अधिकारीको दाबी

`

     २०७८ माघ २३ गते ८:०३

एजेन्सी, २३ माघ । रुसले युक्रेनमाथि आक्रमण गरे ५० हजार सर्वसाधारणको मृत्यु हुने अमेरिकाले चेतावनी दिएको छ ।

राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदस्यहरूले वाशिङ्गटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा सो कुरा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमाथि पूर्ण रूपमा आक्रमण गर्नका लागि आवश्यक पर्ने झन्डै ७० प्रतिशत सैन्य शक्ति रुसले जम्मा गरिसकेको अमेरिकी अधिकारीको दाबी छ । यस्तो आक्रमण भएमा युरोपमा शरणार्थी संकट उत्पन्न हुने अमेरिकी अधिकारीहरुको भनाइ छ । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गर्न लागेको आरोप लगाउँदै आएपनि रुसले भने आरोपको खण्डन गर्दै आएको छ ।

अमेरिकाले नै रुसलार्य युद्धमा तान्न खोजेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?