काठमाडौँ, २० माघ । अर्जेन्टिनामा मिसावट भएको कोकिन सेवन गर्दा कम्तिमा १६ जनाको मृत्यु हुनुका साथै ५० जना बिरामी परेका छन् ।
अबैध लागु औषधमा केही विषय मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् ।
किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।




