गुणस्तरीय विद्यालयहरूमा परिचित यस स्कुलले  शैक्षिक गुणस्तर, विद्यार्थी तथा कर्मचारीका लागि स्वास्थ्यकर खाना र खाजा, वर्षभरि सञ्चालन अतिरिक्त क्रियाकलाप र विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण प्रदान गर्ने जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै आकर्षक भौतिक पूर्वाधार, शान्त र अनुशासित वातावरण, विद्यार्थीका लागि खेल मैदान, अनुभवी शिक्षक शिक्षिका आदी यस विद्यालयका विशेषताहरू हुन् ।

आफ्नो सञ्चालनको लगभग १५/१६ वर्षपछि यो विद्यालय बानेश्वरबाट २०७६ सालमा अत्तरखेल स्थित नेपाल मेडिकल कलेजको छेवैमा स्थानान्तरण भएको हो।

विद्यालयका एक निर्देशकको अनुसार नर्सरी देखि यु.के.जी सम्मका कक्षाहरूमा भर्ना गराउन इच्छुक अभिभावकले सरस्वती पूजाका दिन विद्यालयमा उपस्थिति भई सम्पूर्ण जानकारी लिएर भर्ना गराउन सकिने छ ।

" /> विद्या संस्कार स्कुलले सरस्वती पूजा लक्षित विशेष छुट सहितको कार्यक्रम ल्याउँदै - Sarbocha Media

विद्या संस्कार स्कुलले सरस्वती पूजा लक्षित विशेष छुट सहितको कार्यक्रम ल्याउँदै

`

     २०७८ माघ २० गते ७:५०

काठमाडौँ, २०  माघ । विद्या संस्कार स्कुलले सरस्वती पूजा लक्षित विशेष कार्यक्रम ल्याउने भएको छ । गोकर्णेश्वर-८, अत्तरखेल स्थित यस स्कुलले आगामी माघ २३ गते सरस्वती पूजाको अवसरमा कक्षा नर्सरी देखि कक्षा यु.के.जि मा भर्ना हुन चाहने बालबालिकालाई विशेष छुट सहित भर्ना लिने कार्यक्रम गर्न लागेको छ ।

चेल्सी ईन्टरनेशनल एकेडेमी प्रा.लि. अन्तरगत सञ्चालित यस स्कुल २०६१ सालमा बानेश्वर, थापागाँउमा स्थापना गरिएको थियो ।  यस स्कुलले नर्सरी देखि १२ सम्मका कक्षाहरू सञ्चालन गर्नुका साथै क्याम्ब्रिज विश्वविद्यालय अन्तरगतको ए-लेभलको कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।

गुणस्तरीय विद्यालयहरूमा परिचित यस स्कुलले  शैक्षिक गुणस्तर, विद्यार्थी तथा कर्मचारीका लागि स्वास्थ्यकर खाना र खाजा, वर्षभरि सञ्चालन अतिरिक्त क्रियाकलाप र विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण प्रदान गर्ने जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै आकर्षक भौतिक पूर्वाधार, शान्त र अनुशासित वातावरण, विद्यार्थीका लागि खेल मैदान, अनुभवी शिक्षक शिक्षिका आदी यस विद्यालयका विशेषताहरू हुन् ।

आफ्नो सञ्चालनको लगभग १५/१६ वर्षपछि यो विद्यालय बानेश्वरबाट २०७६ सालमा अत्तरखेल स्थित नेपाल मेडिकल कलेजको छेवैमा स्थानान्तरण भएको हो।

विद्यालयका एक निर्देशकको अनुसार नर्सरी देखि यु.के.जी सम्मका कक्षाहरूमा भर्ना गराउन इच्छुक अभिभावकले सरस्वती पूजाका दिन विद्यालयमा उपस्थिति भई सम्पूर्ण जानकारी लिएर भर्ना गराउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?