नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थाल्यो : डब्ल्यूएचओ

`

     २०७८ माघ १९ गते ९:४३

काठमाडौं, १९ माघ । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको बताएका छन् ।

मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभिड प्रतिकार्य टोलीका सदस्य डा। बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताएका हुन् ।

तर, ‘बीए.२’ सब भेरियन्ट सुरुको ओमिक्रोन भेरियन्ट बीए.१ जस्तै भएको पनि पाभलिनको भनाइ थियो ।

पाभलिनले भने, ‘बीए.२ ले उछिन्न थालेका मुलुकमा हेर्ने हो भने अस्पताल भर्ना हुनेको संख्या सोचभन्दा बढी नभएको देखिरहेका छौं ।‘

‘ओमिक्रोनसहित गम्भीर रोगविरुद्ध खोपले निकै राम्रो सुरक्षा दिएको छ’, पाभलिनले भने, ‘बीए.२ले बीए.१ लाई तीव्र रुपमा प्रतस्थापन गरिरहेको छ, तर थप तथ्य आवश्यक भए पनि यसको असर त्यति ठूलो हुने संभावना छैन ।‘

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?